Logo

अर्थ

स्टान्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्तावसहित मंसिर २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ । सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, सभा प्रयोजनका लागि यस बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । तसर्थ, मंसिर ५ गतेसम्म अर्थात, बुधबारसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार १०:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।