Logo

प्रमुख समाचार

अर्को निर्वाचनमा माओवादी आफ्नो हैसियतमा आउने कांग्रेस प्रवक्ता महतको दाबी



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशरण महतले अर्को निर्वाचनमा माओवादी आफ्नो हैसियतमा आउने दाबी गरेका छन् ।

यसअघि कांग्रेस र एमालेले माओवादीसँग चुनावी गठबन्धनको गरेको कारण माओवादीले दुवै दललाई प्रयोग गरेको महतको टिप्पणी छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट आजित भएर नै अहिले आफूहरु संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेको स्पष्टीकरण दिए ।

आज (मंगलबार) नेपाली कांग्रेस दुल्लु नगरपालिकाले दैलेखको दुल्लुमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महतले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा महतले भने, ‘कहिले एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री भए कहिले कांग्रेससँग मिलेर, त्यसबाट आजित भएर अहिले हामी मिलेका हौं । अहिले ओली प्रधानमन्त्री बनेका छन्, आगामी निर्वाचन हाम्रो पार्टी सभापति नेतृत्वको सरकारले गर्छ । हामीले बाध्यकारी अवस्थामा विचार नमिल्नेहरुसँग गठबन्धन गरेका हौं ।’

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार ०८:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।