Logo

अर्थ

सेयर बजारका सबै सूचक घटे, ८ अर्ब २५ करोडको काराेबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३१.३१ अंक घटेर २६८० मा कायम भएको छ ।

त्यस्तै आज ८ अर्ब २५ करोडको काराेबार भएकाे छ । कुल ४३ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ४ को स्थिर रहेकाे छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २३ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १५:२०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।