काठमाडौं । युनाइटेड इदीमर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले ४.२१ लाभांश घोषणा गरेको छ । मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२११ नगद लाभांश (कर तिर्न) दिने निर्णय गरेको हो ।
अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८९ लाभांश वितरण गरेको थियो ।




















प्रतिक्रिया