Logo

प्रमुख समाचार

एमालेको जागरणसभाका लागि र्‍याली सुरू



काठमाडौं । नेकपा एमालेले आज दरबारमार्गमा गर्ने जागरण सभाका लागि विभिन्न स्थानबाट र्‍याली निकाल्न सुरु गरेको छ ।

एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएर र्‍याली दरबारमार्गसम्म पुगेर सभामा परिणत हुनेछ ।

एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा सभा गर्दैछ । सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले प्रदर्शनसहित सभा गर्न लागिएको एमालेले जनाएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १२:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।