Logo

अर्थ

मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि खुल्ने



काठमाडौं । मुक्तिनाथ क्यापिटलले ल्याउन लागेको मुक्तिनाथ म्युचुअल फण्ड–१ को आईपीओ मंसिर २० गतेदेखि खुल्ने भएको छ । क्यापिटलले सार्वजनिक गरेको आह्वानपत्र अनुसार १ अर्ब रुपैयाँ बराबरको यस्तो आईपीओ आउन लागेको हो ।

क्यापिटलले कुल १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्डको लागि अनुमति पाएको थियो । यसमध्ये १५ प्रतिशतले हुने सो बराबरको १ करोड ५० लाख कित्ता योजना प्रवद्र्धक मुीक्तनाथ विकास बैंक र २० लाख कित्ता योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटललाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिने उल्लेख गरिएको छ ।

उक्त आईपीओ मंसिर २० गतेदेखि २४ गतेसम्म खुला हुनेछ । सो अवधिमा बिक्री नभएमा बढीमा पुस ४ गतेसम्म समय थप गर्नसक्ने जनाइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १०:२९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।