Logo

अर्थ

देशभरका ७७ स्थानको जग्गा लिलामी गर्दै महालक्ष्मी विकास बैंक



काठमाडौं । महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा रहेका घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले देशका सातवटै प्रदेशमा रहेका गैरबैंकिङ सम्पत्तिहरु लिलाम बढाबढमार्फत् बोलकबोल गर्न लागेको हो ।

यसरी लिलामी हुन लागेका सम्पत्तिहरुमा कोशीमा १९, मधेशमा २, बाग्मतीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३, कर्णालीमा ७ र सुदूरपश्चिममा ३४ स्थानमा रहेका घर तथा जग्गा रहेका छन् ।

विभिन्न समयमा ऋण लिएर समयमा ऋण नतिरी कालोसूचीमा परेका सम्पत्तिहरु बैंकले आफ्नो नाममा सकारेर राखेको थियो । उक्त सम्पत्तिहरु लिलामीका लागि बैंकले यसअघि नै १५ दिने सूचना प्रकाशित गरेको थियो ।

सो सम्पत्तिका लागि मंगलबारसम्म बोलबकोलमा सहभागी हुन सकिनेछ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १०:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।