काठमाडौं । आज सेयर बजार बढेको छ । बजार नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३ को विन्दुमा कायम भएको छ ।
सोमबार १६९ कम्पनीको सेयर बढेको छ भने ६७ कम्पनीको घटेको छ । यस्तै ९ कम्पनीको सेयर स्थिर रहेको छ ।
सोमबार ६ खर्ब ३४ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ५४ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बेष्ट फाइनान्सको २५ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बेष्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया