Logo

अर्थ

चन्द्रागिरि हिल्सले बाेलायाे साधारणसभा



काठमाडाैं । चन्द्रागिरि हिल्स लिमिटेडले १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा आगामी पुस ३ गते कम्पनीको थानकोटस्थित कार्यालय परिसरमा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षका लागि कुनै प्रकारको लाभांस वितरण नगर्ने जनाएको छ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत पन्धौं वार्षिक प्रतिबेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त आव २०८०/८१ को आय व्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु स्वीकृत गर्ने आव २०८१/८२ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता सामान्य प्रस्तावहरु समेत पारित गरिनेछन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार ११:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।