Logo

अर्थ

स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभा प्रयोजनका लागि यस बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

स्टान्डर्ड चार्टर्डले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार ११:४८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।