काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आफ्नो ६औँ वार्षिक साधारणसभा बाेलाएको छ । बैंक सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ९ बजेबाट हुनेछ ।
प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट वा संशोधन गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन् ।




















प्रतिक्रिया