काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।
यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि सिफारिस गर्न गठित समितिले आइतबार श्रेष्ठसहित धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीलाई सिफारिस गरेको थियो ।
धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो ।
श्रेष्ठले काठमाडौं विश्व विद्यालयबाट सन् २००३ मा स्नातकोत्तर गरेका हुन् । उनीसँग दुई दशक लामो पेसागत ताथ व्यावसायिक अनुभव छ । उनले स्वाभिमान लघुवित्त वित्तीय संस्था (तिलोत्तमा)को अध्यक्ष भएर (२०१७/२०२४) काम गरे ।
उनी नेपाल विद्युत् प्राधिकरणको सदस्य (२०१३/१६) पनि रहिसकेका छन् । यस्तै, नेपाल एक्सप्रेस फाइनान्सको सदस्य (२००५/२०१५) पनि रहे ।
उनीसँग नारायण सोप एन्ड केमिकल्सको प्रबन्ध निर्देशक, जियोसन नेपाल इन्जिनियरिङ एन्ड सोलुसन्सको कार्यकारी निर्देशकका साथै विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थासँग काम गरेको अनुभव छ ।




















प्रतिक्रिया