Logo

अर्थ

धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले २७ सय नाघ्यो, बढ्यो कारोबार



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ ।

मंगलबार सेयर बजार नेप्से परिसूचक ३३.४१ अंक बढेर २७१६ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भएकाे छ ।

आज २११ कम्पनीको मूल्य बढ्दा ३२ को घटेकाे छ भने एउटाको स्थिर रहेकाे छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३३ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, यूनाइटेड इदि मर्दि र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १५:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।