Logo

अर्थ

८ अंकले घट्याे सेयर बजार, साढे ८ अर्बको कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८ को विन्दुमा कायम भएको छ ।

आज ५० कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब ५४ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीकाे ३१ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २९ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विशाल बजार र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार १५:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।