Logo

अर्थ

कार्ल्सबर्ग ग्रुपले किन्यो कार्ल्सबर्ग साउथ एसिया पीटीईमा रहेको ३३ प्रतिशत सेयर



काठमाडौं । कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल) मा रहेको सीएसपीएल सिंगापुर होल्डिङ पीटीई लिमिटेडको ३३.३३ प्रतिशत सेयर किनेको छ ।

सीएसएपीएलको कार्ल्सबर्ग इन्डिया प्रालि (सीआईपीएल) मा सय प्रतिशत सेयर स्वामित्व छ । नेपालमा पनि सीएसएपीएलले गोर्खा ब्रुअरी प्रालिमा सेयर स्वामित्व धारण गरी व्यवसाय सञ्चालन गरिरहेको छ ।

यो नेपालको इतिहासमै कम्पनीको सेयर किनबेच मध्येको एक ठूलो ‘डिल’ भएको छ । खेतान ग्रुपका सीपीले मदिरा उत्पादक कम्पनी कार्ल्सबर्गलाई गोरखा ब्रुअरी प्रालिको पूरै सेयर स्वामित्व बेच्न गत वर्ष उक्त रकम प्रस्ताव गरेका थिए ।

कम्पनीले जारी विज्ञप्तिअनुसार कार्ल्सबर्ग ग्रुपले अब भारतमा रहेको व्यवसायको शतप्रतिशत स्वामित्व ग्रहण गरेको छ । यसैगरी सीएसएपीएलमार्फ गोर्खा ब्रुअरीमा ९९.९४ प्रतिशत सेयर स्वामित्व कायम गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार १०:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।