Logo

अर्थ

ज्योति विकास बैंक र निओ मनी ट्रान्सफरबीच सम्झौता



काठमाडाैं । ज्योति विकास बैंक र निओ मनी ट्रान्सफरबीच सम्झौता भएको छ । ग्राहकलाई प्रभावकारी रेमिट्यान्स सुविधा प्रदान गर्न सम्झौता गरिएको बताइएको छ ।

यस सम्झौताअन्तर्गत विदेशबाट निओमार्फत पठाइएको रेमिट्यान्स ग्राहकले ज्योति विकासका नेपालभरिकै विभिन्न शाखामार्फत सजिलै प्राप्त गर्न सक्नेछन् । यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्ति र परिवारलाई छिटो, सुरक्षित र सहज वित्तीय सेवा सुनिश्चित गर्ने बताइएको छ ।

बैंकले आफ्ना ग्राहकको सहजताका लागि विभिन्न सहकार्यहरू गर्दै विविध सुविधा उपलब्ध गराउँदै आएको छ ।

बैंकले देशभरका एक सय २१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार १२:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।