Logo

अर्थ

घट्यो अण्डाको मूल्य



काठमाडौं । नेपाली बजारमा अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघकाअनुसार यसअघि कात्तिक २० गते तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको छ ।

संघले २० कात्तिकमा मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय ९० रुपैयाँ थियो भने आजदेखि ४ सय ४० तोकिएको छ । यस्तै ठूलो अन्डाको मूल्य ४ सय ५५ रुपैयाँ प्रतिक्रेट आजदेखि लागु भएको छ । यसअघि ५ सय ५ रुपैयाँ थियो ।

त्यसैगरी सबैभन्दा ठूलो (एक्सएल) अन्डाको मूल्य भने नयाँ तोकिएको छैन । अहिले एक्सएल अन्डा प्रतिक्रेट ५ सय २० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार १३:५३   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।