काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । परिसूचक नेप्से २७३८ मा कायम भएको छ ।
आज कुल ८ अर्ब ८३ करोडको कारोबार भएको छ । ६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रहेकाे छ ।
आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया