काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेलाई माओवादी केन्द्रले उछिनेको छ । एमालेले वडा अध्यक्षमा ५ पद जित्दा माओवादी केन्द्रले पुथा उत्तरगंगा–२ मा सहित ६ स्थानमा जित हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार गाउँपालिका अध्यक्षमा एमाले र माओवादीले १–१ पदमा विजय हासिल गर्दा उपमेयर/उपाध्यक्षमा पनि १–१ स्थानमा जित हासिल गरेको छ ।
४४ स्थानका लागि तय भएको उपनिर्वाचन आइतबार ४१ पदमा उपनिर्वाचन भएको थियो । तीन स्थानमा भने यसअघि नै उम्मेदवारहरु सर्वसम्मत निर्वाचित भइसकेका थिए ।




















प्रतिक्रिया