काठमाडाैं । नेपाल क्लियरिङ हाउस लिमिटेडकाे डेप्युटी सिइओमा नीरज मान सैंजु नियुक्त भएका छन् ।
सैंजुसँग रेमिटेन्स कम्पनी विभिन्न वाणिज्य बैंकहरू लगायतमा आबद्ध रही १५ वर्षभन्दा लामो कार्य अनुभव रहेको छ भने उनलेले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् ।
उनको अनुभव तथा कुशलताले एनसिएचएललाई नयाँ उचाइमा लान महत्वपूर्ण योग्दान पुग्ने कम्पनी विश्वस्त रहेको छ ।
एनसिएचएलले आफ्नो १२६ भन्दा बढी कर्मचारीमार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई एनसिएचएलइसिसी, एनसिएचएल आइपिएस, रिटेल पेमेन्ट, कनेक्ट आइपिएस लगायका सेवा सञ्चालन गरी प्रदान गर्दै आएको छ ।
साथै यसमा इन्स्योरेन्स, रेमिटेन्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढी इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् ।




















प्रतिक्रिया