सुर्खेत । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा ३ हजार १२७ मत ल्याएर शाही विजयी भएका हुन् । नेपाली कांग्रेस उम्मेदवार झलकबहादुर भण्डारी २ हजार ६७५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने ।
माओवादी केन्द्रका उम्मेदवार जंगबहादुर बराल मगरले ८४२ मत ल्याए । २०७९ को स्थानीय तह निर्वाचनमा महाबुमा काग्रेस उम्मेदवार लछुमन गुरुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । तर गुरुङको निधन भएपछि महाबुमा उपनिर्वाचन भएको हो ।




















प्रतिक्रिया