Logo

अर्थ

बलेफी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्दै



काठमाडौं । बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत सेयर निष्कासन गर्न लागेको हो । १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर कम्पनीले निष्कासन गर्नेछ ।

कात्तिक २० गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले आफूसँग भएको सेयर बराबरकै संख्याको सेयर खरिद गर्न अंकित मूल्य १ सयका दरले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति पुस १७ गतेसम्म तोकिएको छ ।

बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलका अनुसार आफ्नो बैंक खाता रहेको शाखा तथा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार १०:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।