Logo

अर्थ

सेयर बजार २७७५ अंकमा, ८ अर्ब ५२ करोडको कारोबार



काठमाडौं । मंगलबार सेयर बजार बढेकाे छ । परिसूचक नेप्से १७.८० अंकर २७७५ अंकमा कायम भएको छ ।  अघिल्लो दिन १० अर्बमाथिको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भएकाे छ ।

१४२ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने ५ को स्थिर रहेकाे छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको २६ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावर र इङवा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर साङगे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार १५:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।