Logo

अर्थ

नेपाल टेलिकमद्वारा ‘मोबाइल प्वइन्ट अफ सेल रिचार्ज’मा बोनस उपलब्ध



काठमाडाैं । नेपाल टेलिकमले ‘मोबाइल प्वइन्ट अफ सेल(एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराएको छ । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्छ ।

यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथैःमोबाइल प्वइन्ट अफ सेल र नेमस्ते पे, ई–सेवा,खल्ती,आइएमई पे लगायतका डिजिटल वालेटहरु विकल्पको रुपमा रहेका छन् ।

कम्पनीले मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्मका लागि एमपीओएस रिचार्जमा बोनस उपलब्ध गराएको छ । जसअन्तर्गत ५० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिनका लागि २० मिनेटसम्म नेट भ्वाइस,१०० देखि १९९ रुपैयाँ रिचार्जमा ३ दिनका लागि ५० मिनेट,२०० देखि ४९९ रुपैयाँसम्मका लागि २ दिनका लागि २ जीबी डेटा(१ जीबी प्रत्येक दिन) र ५ सय भन्दा माथिका रिचार्जमा ४ दिनका लागि ८ जीबी(प्रत्येक दिन २ जीबी)डेटा बोनसका रुपमा पाइने छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार १५:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।