Logo

अर्थ

नेपाली बजारको सर्वाधिक रोजाईमा नयाँ हुन्डाई क्रेटा



काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले, नयाँ क्रेटाको बिक्रीमा उल्लेखनिय वृद्धि हासिल गरेको छ। भन्सार विभागद्वारा प्रकाशित कार्त्तिक महिनासम्मको पछिल्लो डाटा अनुसार नेपालभर नयाँ क्रेटाका ३५० युनिट वितरण भइसकेको छ।

त्यसैगरी हुन्डाई नेपालका एक प्रतिनिधिको अनुसार ६०० युनिट नयाँ क्रेटाको बुकिङ्ग पनि भइसकेको र बढ्दो मागलाई सम्बोधन गर्न अब नयाँ बुकिङ्गहरूको लागि दुई महिना वेटिङ अवधि राखिएको छ। यसका साथै कम्पनीले आगामी दिनहरूमा पनि गाडी वितरणको क्रममा सधैँ झैँ उत्कृष्ट ग्राहक सेवालाई निरन्तरता दिने जनाएको छ। विद्युतीय गाडीहरूको बिक्री बढिरहेको समयमा पनि अत्याधुनिक प्रविधि, उत्तम डिजाइन र विशेष सुविधाहरू प्रदान गर्दै नयाँ क्रेटा, ग्राहकहरुको सर्वाधिक रोजाईमा पर्न सफल भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार १६:५९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।