Logo

प्रमुख समाचार

माओवादीले अब कसैको बैशाखी टेक्दैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले अब कसैको बैशाखी नटेक्ने बताएका छन्।

गणतन्त्र सेनानी कोषले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देशमा नयाँ क्रान्तिको लडाईँमा आफू अगाडि बढेको बताए।

उनले भने, ‘म त आफ्नो बाटो लागिसकेँ। माओवादीले अब कसैको वैशाखी टेक्दैन। माओवादीले अब आफ्नै खुट्टामा उभिएर लड्छ।माओवादीलाई अपमानित गर्न खोज्ने सबै प्रवृत्तिको विरुद्ध हामी लडाइँ लड्छौं। हाम्रो लडाइँ टुङ्गिएको छैन, जारी नै छ। म अगाडि बढिसकेँ, हामी सडकमा विशाल शक्ति ल्याएर प्रतिक्रियावादीहरुलाई परास्त गर्छौंँ।’

राजनीति स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएर अगाडि बढिसकेको भन्दै जनतालाई साथ दिन आग्रह गरे।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार ०७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।