Logo

अर्थ

शौर्य सिमेन्ट इण्डष्ट्रिजले बाेलायाे साधारणसभा



काठमाडाैं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले साधारणसभा बाेलाएकाे छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको तेस्रो साधारणसभा पुस १२ गते नक्सालमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।

सभामा बैंक ऋण र चन्दा उपहार अनुमोदन गर्ने र सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यो कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष २०८० पुस १२ गते आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता २६४.५१ रुपैयाँ प्रिमियम मूल्यमा स्थानिय वासिन्दा र आम सर्वसाधारणका लागि आईपीओ निष्कासनको माग गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्मेन्ट एण्ड बैंकिङ रहेको छ । 

प्रकाशित मिति : २३ मंसिर २०८१, आईतवार ०९:५९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।