काठमाडौं । सेयर बजार आज पनि घटेकाे छ । नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ को विन्दुमा कायम भएको छ ।
आज नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा समूह घटेका छन् । आज ९२ कम्पनीको मूल्य बढ्दा १३८ वटाको घटेको छ। आज १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यो कारोबार हिजोको तुलनामा कम हो ।
आज स्वाभिमान लघुवित्तका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । यो लघुवित्तको मूल्यमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ३५ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।




















प्रतिक्रिया