Logo

प्रमुख समाचार

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको हो ।

खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘हामीले पहिले खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनेका थियौं । त्यो विविध कारणले हुन सकेको छैन । अब राम्रो तयारीका साथ केन्द्रीय समितिको बैठक बस्दैछ,’ सापकोटाले भने ।

यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटी बैठकको तयारीका लागि माओवादी केन्द्रले पुस १८, १९ र २० गते स्थायी कमिटीको बैठक बोलाएको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १५:५८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।