Logo

प्रमुख समाचार

देउवा-ओली र प्रचण्डलाई बाबुरामले दिए यस्ताे चेतावनी



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराइले शान्तिप्रक्रियाको महत्वपूर्ण अंग सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी आयोगको गठन समेत अहिले १८ वर्षपछि फेरि भाँडिएकोप्रति आपत्ति जनाएका छन्।                                           आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिले असफल भएपछि संवेदनशील काम अघि नबढ्नु र लाखौं द्वन्द्वपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो? भन्दै प्रश्न गरेका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिएर पटक पटक सत्ताको कुर्सीमा बस्ने प्रमुख नेताहरूको सत्तास्वार्थ, गैरजिम्मेवारपन, अदूरदर्शीता प्रमुख रूपमा जिम्मेवार भएको दाबी गरेका छन्।

उनले चार सुझाव दिँदै भनेका छन्, ‘नत्र भोलि धेरै ढिलो हुनसक्छ। प्रतिक्रान्तिका बादल क्षितिजमा मडारिन खोजिरहेछन्। ख्याल राखौं, एउटालाई खाने बाघले अर्कोलाई पनि खानसक्छ।’

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार ०७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।