Logo

प्रमुख समाचार

किन भए डा.शेखर आक्रमक ?



महामन्त्री गगन थापा संस्थापनपक्ष तर्फ ढल्किदा पार्टी भित्र खैलाबैला मच्चिएको छ ।

डा.शेखर, डा.शशांक र सुजाताबीचमा एकता भएको खण्डमा सभापति देउवाले कोइराला परिवारको नासो उतै सुम्पने चर्चा छ । कोइरालाले रबि लामिछानेको विषयमा समेत मुख खोलेका छन् ।

उनले राज्यले लामिछानेलाई दमन गरेको भन्दै जनताको साथ लिएका छन् । सहकारी ठगी कारबाहीको प्रक्रिया सबैको बराबर हो ।

त्यसमा पनि पूर्व गृह तथा उपप्रम बनाउँदा यी नै प्रधानमन्त्री केपी ओलीले अगाडि सारेको पात्र रास्वपाका सभापति रवि लामिछाने अहिले ओली कांग्रेसको शासनका मुल अपराधी झैं विभेद भएको छ ।

कांग्रेसका धनराज एमालेका ऋषिकेश सहकारी रकम अपचलनका सहभागीलाई सरकारले अनुसन्धान समेत गरेन । तर, रास्वापका सभापतिलाई अनुसन्धान गर्ने नाउमा ठाउँ सार्दै अमानवीय व्यवहार गरिएको छ ।

मध्यरातमा चितवनबाट पोखरा ल्याइएको विषयले नेपाल प्रहरीका आईजीपी बसन्त बहादुर कुँवरलाई समेत तान्यो । रविलाई मध्यरातमा चितवन पोखरा गर्नुको रहस्य के थियो ?

कांग्रेसका डा.कोइरालाले पार्टीमा वरियताक्रम नमिल्दा सुरुदेखि असन्तुष्टि प्रकट गर्दै आएका छन् । तर, संस्थापनले सुनेको छैन । डा.शेखर गुटबाट महासचिव जितेका गगन थापा नै संस्थापनको चमेनामा अल्मलिदा कोइराला समूह भित्र खैलाबैला मच्चिएको हो ।

त्यसो त शेखर समुहले पुर्व कोसीबाट नेपाली कांग्रेस भित्र आफ्नो शक्ती देखाउदै आएका छन् । पछिल्लो समय काठमाडौंमा समेत आफ्नो आन्तरिक शक्ती प्रदर्शन गर्ने तैयारी भइरहेको छ ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार ०९:२८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।