सत्ताका खेलाडीहरूबीच मनमुटाव हुनु सामान्य हो । सत्ता एउटा यस्तो लोभ लाग्दो अवस्था हो जसका लागि सबैले मरिहत्य गर्छन् ।
तर, जनताले दिएको जनादेश आफू खुसी प्रयोग गरी सत्तामा पुग्ने नेताहरू नेपाली राजनीतिलाई गनाउने कुखुराको खोरमा परिणत गर्दा आम जनता निराश हुनु स्वाभाविक छ ।
जसरी कुखुराको खोर गनाउने गर्छ तर कुखुराको मासु मिठो लाग्छ त्यसैगरी नेपाली समाजमा परिवर्तनको अनुभूति दिलाउने वाचा गरेका नेताहरूको आश्वासन जनतालाई राम्रो लागे पनि व्यवहार गनाउने भएपछि असल नेताको खोजीमा जनता भौतारिएका छन् ।
चुनावताका दिएका आश्वासन नेताले बिर्सेपछि आम जनताले बकमफुसे आश्वासनप्रति असन्तुष्टि प्रयोग गर्नु सामान्य कुरा हो ।
नेताहरू खासगरी जनताका समस्यालाई व्यवस्था गरी कसरी सत्तामा पुग्ने तर्फ बढी ध्यान केन्द्रित गर्दा समस्या बल्झिएको छ । सबै नेता सत्तामा बस्ने अवस्था हुँदैन ।
कोही सत्तामा त कोही विपक्षमा बस्ने संसदीय परम्परा नै छ । ३२ सिट प्रतिनिधि सभामा पाएर एमाले अध्यक्ष ओलीसँग टाँसिएर सरकार बनाएका प्रचण्डको सरकार विघठन भएपछि उनी ओली विरुद्ध खनिनु नौलो कुरा होइन ।
ओलीले २०८१ असार १७ गते काङ्ग्रेससँग वार्ता गरी कांग्रेस एमाले सम्मिलित सरकार बनाउने निर्णयमा पुगेपछि प्रचण्ड पछारिएका हुन् । प्रचण्ड आफ्नो पार्टी नेकपा माओवादी केन्द्रलाई संसदमा प्रमुख प्रतिपक्ष बेन्चमा राखेका छन् ।
विगत साढे पाँच महिना यता सरकारकै विषयले प्रचण्ड र ओलीबीच झैं-झगडा रहेको छ । सत्ताको स्वाद देशी घिउ झैं ठम्याउनेले कम्युनिस्ट-कम्युनिस्ट एक हुने बेर नलाग्ने विश्लेषण गरिरहँदा प्रचण्ड र ओलीको वाक युद्ध सतहमा आएको छ ।
प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वाक युद्ध जारी छ । यी दुवैले सार्वजनिक समारोह र राजनीतिक मञ्चमा एकअर्कालाई कट्याक्ष हान्न र झैंझगडाको बखेडा खडा गर्न पछि पर्दैनन् । एकथरी भन्छन् प्रचण्डको बेइमानीले ओली तर्सेर देउवा कांग्रेसको बाउला थामेका छन् ।
कांग्रेस र कम्युनिस्टबीच विचार मिल्दैन सिद्धान्त मिल्दैन तैपनि सरकार बनाउन साईत जुर्छ । यो अचम्म र यथार्थ हो । यद्यपि कांग्रेसभित्र देउवा र कोइराला गुटको बेलाबखत भइरहने राजनीतिक मञ्चन तथा विरोधले राजनीतिको भित्री अवस्था उजागर गर्छ ।
ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो शासन गर्ने भागबण्डा लगाएका छन् । ओलीको शासन जारी छ । र, यो अवधि सकिएपछि बाँकी अवधि निर्वाचन नहुन्जेल देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ ।
यसबाट प्रचण्डलाई आघात पुग्नु स्वभाविक छ । त्यही भएर कुनै सार्वजनिक सभामा मौका पाउने बित्तिकै प्रचण्ड र ओलीले एक अर्कामाथि कटाक्ष गर्दै शब्द बाण हिर्काउने गर्छन् ।
प्रचण्ड र ओलीको मुख छोडाछोड आफू असल एवं ठिक रहेको दाबी कुन चाहिँ छन् माक्सदेखि मदन भण्डारीसम्मका असली उत्तर उत्तराधिकारी कस्तो अप्ठ्यारो जनता र तिनका कार्यकर्तालाई समेत परेको छ ।
प्रचण्डको तर्क वा भनाई सुन्यो भने प्रचण्ड सही लाग्ने उता ओलीको तर्क र भनाई सुन्दा उनी ठिक जस्तो देखिने वास्तवमा ठिक को हो त ? छुट्याउनै गाह्रो । कांग्रेस सभापति देउवा भने दुवैको वाक युद्धबाट प्रशस्त रमाएका छन् ।
यद्यपि देउवालाई समेत अन्तरसंघर्षको सामना गर्नुपर्ने अवस्था छ । कोइराला क्याम्पमा नेता डाक्टर शेखरले अघिल्लो सत्ता मात्रै विराटनगरको कार्यकर्ता भेला बहिष्कार गरेर देउवालाई दनक हानेका थिए ।
ओली प्रचण्डको झगडाले देउबा मुसुमुसु हाँस्दै चुड्की बजाउन पछि परेका छैनन् । गरिबी भ्रष्टाचार अन्याय अत्याचार असमानताका अन्त्य गर्ने कम्युनिस्ट सिद्धान्तलाई हेरेर जनताले भोट हालेका छन् ।
१४ वर्षको ओलीको जेल जीवन पार्टीभित्र हैकमवादी शैलीमा लिएको चट्टानी अडान उता १० वर्ष जनयुद्ध लडेका प्रचण्डले जनतालाई धोका दिन्छन् भने जनताले सोचेका थिएनन् ।
तर, यस्ता खारिएका नेताहरू पनि जनताको एजेन्डालाई ओझेलमा पार्ने काम गरे भने दुर्भाग्य भन्दा कुनै अतिशयोक्ति हुने छैन । हिराका सपना देखाउनेहरू किरा बटल्न थालेपछि नेपाल र नेपालीको शिर निउरिनेछ ।
भ्रष्टाचार र अनियमिततालाई कडाईका साथ नियन्त्रण गर्ने पारदर्शिता र जवाफदेही प्रणालीलाई सुदृत तुल्याउने भ्रष्टाचारको अन्त्य गर्ने सुशासन कायम गर्ने जस्ता प्रतिबद्धता र आश्वासन दिनेहरू त्यस विपरीत कार्य गर्दा नेताहरूको वचन झुटो साबित भएको अपर्णमा खबर छ ।
जनतालाई ढाँट्नु पनि हद पार गरिसक्यो । हजार डलर प्रतिव्यक्ति आयलाई ५ हजार डलर पुऱ्याउने सपना यथार्थमा परिणत नहुँदा जनता निराश छन् । कार्यकर्ताहरू भन्छन्, ओली प्रचण्डको झगडा अब उनीहरूको मात्र रहेन ।
गाउँ गाउँमा यो झगडाको छिट्टा पुगिसकेपछि कार्यकर्ताहरूबीच मनमुटाव र झैंझगडा बढेको हो । नेकपा गठन हुँदा एक भएका ओली प्रचण्ड त्यो पार्टी दुई टुक्रा भएपछि पुराना विवादहरू जीवित पार्ने काम भएको देखिन्छ ।
त्यसो त नेताहरु आफ्नो कमजोरी स्वीकार बेला बखत गरे पनि झगडा गर्न चुक्दैनन् । आम जनताहरू यी नेताहरूको झगडामा फस्न चाहेका छैनन् ।
जनता पटक पटक सत्ता फेरिए अस्थिरता उत्पन्न हुनु र आलोपालोमा कुर्सी हत्याउनु तर्फ भन्दा बढी एजेन्डामा जान जोड दिन्छन् ।




















प्रतिक्रिया