Logo

प्रमुख समाचार

ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न सरकारको नेतृत्व गरेको हुँ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ताली बजाउन नभई काम गरेर परिणाम निकाल्नका लागि सरकारको नेतृत्व गरेको बताएका छन् ।

विश्व ध्यान दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको समेत बताए ।

उनले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको समेत बताए ।

उनले परस्परमा घृणा नभई विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताए । ओलीले ध्यान र योगले भावना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रूपमा अघि बढाउन मद्दत गर्ने बताए ।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार १५:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।