काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएकाे छ ।
लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको छ ।
पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनबाट ९२औँ दिनमा सरकारले लामिछाने र जोशी सहित ३१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।




















प्रतिक्रिया