Logo

अर्थ

कमिसनका लागि फेरि लोडसेडिङ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नसकेपछि सत्ताधारीहरु उनलाई बदनाम गर्न जनतालाई फेरि अन्धकारमा धकेल्ने प्रपञ्च गरिर हेका छन् ।

गत असोजमा गएको बाढी पहिरोले केही जलविद्यत आयोजनाहरुमा पुऱ्याएको क्षतिको बहानामा मुलुकमा फेरि लोडसेडिङको तालिका निकाल्ने तयारीमा सरकार लागेको छ ।

विद्युत प्राधिकरणभित्रै आफ्नो कार्यालय खडा गरेका उर्जामन्त्री नामको कमिसनखोर दीपक खड्काले कुलमान घिसिङलाई सोध्दै नसोधी प्राधिकरणका कांग्रेसी कर्मचारीलाई प्रयोग गरेर लोडसेडिङको तालिका बनाईरहेको बुझिएको छ ।

प्राधिकरणका प्रमुख घिसिङले लोडसेडिङ नगरी व्यवस्थापन गर्न सकिन्छ भन्दा भन्दै खड्काले गत सोमबार केही झोले पत्रकारहरुलाई मन्त्रालयमै बोलाएर यो हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने भन्दै प्रचार गराएका थिए ।

भारतले साँझको समयमा बिजुली दिन नसक्ने भनेको भन्दै उनले उक्त चार घण्टाको समय कहिले कता त कहिले कता लोडसेडिङ गर्नुपर्ने अवस्था आउने बताएका थिए ।

हिउँदमा विजुली पुग्दैन भन्ने थाहा हुँदा हुँदै पुस १ गते मात्रै भारतबाट विजुली खरिद गर्ने निर्णय गराएका खड्काले जानी जानी उक्त निर्णयमा ढिलाई गरेको बुझिएको छ ।

त्यो निर्णय भारतमा पठाएर भारतीय सरकारबाट नेपाललाई विजुली दिने निर्णय गर्ने समय लाग्ने छ । अर्कोतर्फ भारतले केही समयदेखि नै नेपाललाइ त्यति मन फुकाएर सहयोग गरेको छैन ।

त्यसैले उसले पिक आवरमै विजुली दिन नसक्ने बताईसकेको हो । यता नेपाली कसिनखोरहरुलाई भने त्यही बहानमा लोडसेडिङ गर्ने र कमिसन असुल्ने बहाना मिलेको छ ।

उर्जामन्त्री खड्काले लोडसेडिङ हुनसक्छ भनेको भोलिपल्टैदेखि नेपालका पत्रपत्रिकामा विजुली स्टोरेज उपकरणहरुको विज्ञापनको बाढी लाग्न थालेको नेपालीपत्रमा खबर छ ।

पत्रपत्रिका मात्रै नभई सामाजिक सञ्जालहरुमा समेत इन्भर्टर र सोलार कम्पनीहरुले विजुलीको भर छैन भन्दै तत्काल वैकल्पिक उपाय रोज्न भन्दै विज्ञापन गरिरहेका छन् ।

यस्तै कम्पनीहरु पोस्ने र तिनीहरुबाट कमिसन असुल्नका लागि लोडसेडिङ हुने भन्दै मन्त्रीले नै बोलेको त होइन ? भन्ने आशंका गरिदैछ ।

आखिर पहिले पनि कमिसनकै लागि १८ घण्टासम्म लोडसेडिङ गरेका पापीहरुले अब फेरि त्यही पाप दोहोऱ्याएर नेपालीलाई जनतलाई सास्ती दिने खतरा बढेको छ ।

किनकी देउवा र ओली कमिसनका लागि जे पनि गर्ने ग्याङ हो ।

प्रकाशित मिति : ९ पुष २०८१, मंगलवार ०७:०६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।