Logo

प्रमुख समाचार

एमालेले खोस्यो बिन्दा पाण्डे र उषाकिरणको पनि जिम्मेवारी



काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी खोसेको छ ।

बुधबार बसेको सचिवालय बैठकले पार्टी भवन निर्माणका सवालमा पाण्डे र तिम्सिनाले दिएको अभिव्यक्तिलाई लिएर एमालेले उनीहरूको जिम्मेवारी ६ महिनाका लागि खोसेको हो ।

उनीहरूलाई यसअघि एमालेले स्पष्टीकरण सोधेको थियो ।

नेकपा (एमाले) ले पूर्व पार्टी उपाध्यक्ष भीम रावलको संगठित सदस्यता खोसेको छ । आज (बुधबार) बसेको पार्टी सचिवालय बैठकले उनको सदस्यता खोस्ने निर्णय गरेको हो । पार्टीको हितविपरीत अभिव्यक्ति दिँदै हिँडेको र तोकिएको जिम्मेवारी पूरा नगरेको कारण उनको सदस्यता खोसिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘कमरेड भीम रावल उहाँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुनुभयो । उपाध्यक्षको निम्ति आग्रह गरिएको कुरालाई उहाँले मान्नुभएन । त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्थाअनुसार सल्लाहकारमा रहनुभयो । त्यो सल्लाहकारको जिम्मेवारी पनि उहाँले पूरा गर्नुभएन र अभिव्यक्तिहरु निरन्तर पार्टीलाई बलियो बनाउने भन्दापनि कमजोर बनाउने हिसाबले निरन्तर आएको हुनाले उहाँलाई संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय भएको छ,’– उनले भने ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार ०७:२५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।