Logo

समाचार

३९ देशमा संसदीय मैत्री समूह गठन



काठमाडौं । संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ । विभिन्न देशसँग कुटनीतिक सम्बन्ध र विधायकहरूसँगको सम्बन्ध कायम गर्नका लागि संसदीय मैत्री समूह गठन गर्ने परम्परा रहिआएको छ ।

सोहीअनुसार बिहीबार मैत्री समूह गठन भएको हो । २०७९ मंसिर ४ गते चुनाव भएको थियो । निर्वाचन भएको दुई वर्षपछि मात्रै संसदीय मैत्री समूह गठन भएको छ ।

३९ वटा देशमा संसदीय मैत्री समूह गठन भएको छन् । गठित मैत्री समूहका संयोजकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।

संसद सचिवालयका अनुसार नेपालसँग दौत्य सम्बन्ध भएका देशमा संसदीय मैत्री समूह गठन गर्ने अभ्यास छ ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार १३:४१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।