Logo

अर्थ

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य ताेलामा ४ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दा प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : १५ पुष २०८१, सोमबार ११:२४   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।