काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको छ ।
आज सुनकाे मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तय भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो कारोबार दिन १ लाख ५० हजार ६ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९५ रुपैयाँ रहेको चाँदी आज १७६५ रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया