काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१ को विन्दुमा कायम भएको छ ।
आज १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ५९ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया