काठमाडौं । बाल कलाकार सचिन परियारको निधन भएको छ ।
उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालकाे आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । आज बिहान करिब १० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनले गाएका गीतहरू समाजिक सञ्जालमा सहजै भेटिन्छन् ।
त्यस्तै उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका गीत गाएका छन् । उनी १३ वर्षका थिए ।




















प्रतिक्रिया