काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६ को विन्दुमा कायम भएको छ ।
आज १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ६० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर किनबेच भएको छ । यस कम्पनीको ४६ करोड १७ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानकिर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया