काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन भने सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेर कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो ।




















प्रतिक्रिया