काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४० को विन्दुमा कायम भएको छ ।
आज २२६ कम्पनीकाे सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब ३० करोडको सेयर कारोबार भएको छ । एनआरएनको २९ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शाहस उर्जाको १३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया