Logo

अर्थ

नेपाल लाइफ क्यापिटलको साधारणसभा सम्पन्न, अध्यक्षमा लामिछाने चयन



काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ ।

सभाबाट आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको कम्पनीले जनाएको छ ।

संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

वार्षिक साधारणसभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको प्रमुख कार्यकारी अधिकृत मनिष घिमरिले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार १०:१६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।