Logo

अर्थ

ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन खुल्यो



काठमाडाैं । ङादी ग्रुप पावर कम्पनीको हकप्रद सेयरमा आज मंगलबारदेखि आवेदन खुलेको छ । कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

ङादी ग्रुप पावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद निष्कासन गरेको हो ।

लगानीकर्ताले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका विराटनगर, विरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ ।

हकप्रदबाट प्राप्त रकम माथिल्लो सेति जलविद्युत आयोजना(२१६ मेगावाट) को निर्माण तथा ङादी ग्रुपद्वारा प्रवद्र्धित आयोजनाको मर्मत सम्भारका लागि उपयोग गरिनेछ ।

कम्पनीले हकप्रद सेयरका निष्कासनका लागि गत मंसिर १८ गते बुक क्लोज गरेको थियो । यसर्थ मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ११:३३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।