Logo

अर्थ

लगातार पाँचौं दिन बढ्यो सेयर बजार



काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार पाँचौं दिन बजार बढेको छ ।

आजको वृद्धिसँगै नेप्से २६४६ मा कायम भएको छ । आज ५ अर्ब ३८ करोडको काराेबार भएकाे छ ।

१२६ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने १० को स्थिर रहेकाे छ । आज सर्वाधिक कारोबार सिन्धु विकास बैंकको १६ करोड ९२ लाख रुपैयाँको भएको छ ।

यो दिन बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत तथा प्रभु महालक्ष्मी लाइफको मूल्यमा ९.९९ प्रतिशत र सिन्धु विकास बैंकको मूल्यमा ९.७७ प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो ।

आज आत्मनिर्भर लघुवित्त र दोल्ती पावरका शेयरधनीहरुले सर्वाधिक गुमाए । यी दुवै कम्पनीको मूल्यमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार १५:२४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।