Logo

अर्थ

६.५३ अंकले बढ्याे सेयर बजार, ६ अर्ब ४० करोडको कारोबार



काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३ को विन्दुमा कायम भएको छ । आज १३९ कम्पनीको मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ६ अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै न्यादी ग्रुप पावरको कारोबार भएको छ । यस कम्पनीको २२ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका हुन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २४ पुष २०८१, बुधबार १५:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।