Logo

अर्थ

मायादेवी मन्दिरमा दानबापत एक करोड ४३ लाख संकलन



लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार ९९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा दोस्रोपटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

पुस १८ देखि २३ गतेसम्म पाँच दिन लगाएर दानपेटिकाको पैसा गणना गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए ।

दानपेटिकामा संकलित दानलाई सिसिटिभी क्यामेराको निगरानीमा कोषका ३२ कर्मचारी खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । दानबापत संकलित रकमबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ ।

प्रकाशित मिति : २४ पुष २०८१, बुधबार १५:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।