Logo

अर्थ

महुली लघुवित्तले लाभांश नदिने



काठमाडाैं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएकाे छ । संस्थाको सञ्चालक समितिको मिति पुस २५ गते बिहीबार बसेको ९२औं बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले संस्थाको आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरु स्वीकृत गरी २०८१ असार मसान्तसम्म वितरण योग्य मुनाफालाई सञ्चित गरी आव लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिबाट पारित आवको वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनको लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार ११:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।